अपडेट 
२०७९ जेष्ठ २६, बिहीबार २०:०१

भारतमा राष्ट्रपति निर्वाचनको मिति घोषणा भएको छ ।

निर्वाचन आयोगले मुलुकको १६ औं राष्ट्रपति चयनका लागि आगामी जुन २९ सम्म उम्मेदवार मनोनयन गर्न सकिने जनाएको छ । यस्तै जुलाई १८ मा मतदान तय गरेको आयोगले २१ जुलाईमा मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन तालिका घोषणा गरेको छ । आयोगले निर्वाचन केन्द्रीत सबै प्रक्रियाको भिडियोग्राफी बनाउने बताएको छ । मुख्य निर्वाचन आयुक्त राजीवकुमारले विहीवार आयोजित पत्रकार सम्मेलनमा १५ जुनमा निर्वाचनको मिति औपचारिक रुपमा घोषणा हुने र १८ जुलाईमा मतदान हुने बताए । २१ जुलाईमा मतगणना सम्पन्न भए लगत्तै नयाँ राष्ट्रपतिको घोषणा गरिने उहाँले जानकारी दिनुभयो । सन् २०१७ मा राष्ट्रपतिमा निर्वाचित रामनाथ कोविदको कार्यकाल २४ जुलाईमा सकिदैछ । उनी देशको १५ औं राष्ट्रपति हुन् ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त राजीवकुमारले राष्ट्रपति निर्वाचनमा मतदानका लागि आयोगले उपलब्ध गराएको कलम नै प्रयोग गर्नुपर्ने अनिवार्य हुने बताए । यदि कसैले वैकल्पिक कलम प्रयोग गरे उक्त मत रद्द हुने प्रष्ट पारे । निर्वाचन आयोगका अनुसार ७७६ सांसद र  ४०३३ विधायक गरि कुल ४८०९ मतदाताले मतदान गर्न सक्नेछन् । मतदानका गोप्य हुने र कुनै प्रकारको ह्वीप लागू नहुने बताइएको छ ।

यसपटकको निर्वाचनमा पनि विगतमा जस्तै एनडीए बलियो अवस्थामा रहेको छ । तरु उसले आन्ध्र प्रदेश र ओडिशाबाट थप समर्थन जुटाउनुपर्ने अवस्था छ । यता युपीएको नजर भने राज्यसभाको १६ सीटमा केन्द्रीत रहेको छ । उक्त स्थानका लागि १० जूनमा निर्वाचन हुँदैछ ।

Comment


Related News

Latest News

Trending News