२०७९ जेष्ठ २७, शुक्रबार ०७:५७

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको राजश्री सेविङ्ग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडले बिहीबार २७ औं स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा संस्थाले बिहीबार बिहान लालबन्दी नगरपालिका वडा नम्बर–२ जुटपानी स्थित पद्मभुवनेश्वरी नमूना बृद्धाश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धाहरुलाई बिहानको मिष्ठान भोजन गराउनुका साथै फलफूल बितरण गरेको छ । यसका साथै संस्थाको तर्फबाट दिउँसोको खाजा र बेलुकाको भोजन व्यवस्था समेत गरेको राजश्रीले जनाएको छ ।

जुटपानी स्थित बृद्धाश्रमको प्रांगणमा प्रबन्धक राजनहरी श्रेष्ठको अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरी आश्रमका वृद्धआमाहरुलाई भोजन गराइएको संस्थाले जनाएको छ । कारोबार संचालन अवधिको २६ औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको अवसरमा यस संस्थाको नेपालको विभिन्न् ठाउँहरुमा रहेको सेवा केन्द्रहरुले पनि विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको प्रबन्धक श्रेष्ठले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News