मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणको कार्यलाई तीव्रता दिएका छन् ।
राज्य मन्त्री यादवले आफ् ना संसदीय निर्वाचन क्षेत्र रौतहट क्षेत्र नं १ को ‘ख’मा विभिन्न पोखरीको सौन्दर्यकरण, ताल तलैया एवं पर्यटकीय क्षेत्रको संरक्षण, मठ मन्दिर, मस्जिद, धर्मशाला, विद्यालय, अस्पताल भवन निर्माण, सडक एवं विभिन्न किसिमका भौतिक पुर्वाधार निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन् । राज्य मन्त्री यादवको विशेष पहल र उनको संसदीय विकास कोषको रकमबाट विभिन्न विकासका योजनाहरु सञ्चालन भइरहेको छ । संसदीय विकास कोषको रकम अपुग भएका ठाउँहरुमा प्रदेश र केन्द्र सरकारको विभिन्न मन्त्रालयबाट गरी मन्त्री यादवको रौतहट क्षेत्र नं १ को ‘ख’मा अहिले करिव २० करोड भन्दा बढीको योजनाहरु सञ्चालन भइरहेको पाइएको छ । राज्य मन्त्री यादवको क्षेत्रमा विभिन्न पालिकाको गरी १९ वटा वडाहरु पर्दछन ती सबै वडामा विभिन्न विकास निर्माणका कामहरु तीव्र गतिमा भइरहेको छ ।
मन्त्री यादवको पहलमा उद्योग, पर्यटन तथा वन मन्त्रालय जनकपुरधामको ४० लाख रुपैयाँको लागतमा दुर्गाभगवती गाउँपालिका ४ पचरुखीमा रहेको पोखरीको सौन्दर्यकरणको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष असर्फी राय यादवले बताएका छन् । त्यस्तै माधवनारायण नगरपालिका ६ माधोपुर बजार स्थित रहेको पोखरीको पनि सौन्दर्यकरण गर्ने काम भइरहेको छ । उनको पहलमा माधोपुरमा रहेको पोखरीलाई व्यवस्थित गर्नुका साथै श्रीराम जानकी जस्ता कयौं मठ मन्दिर एवं विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको छ । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणको कार्यहरुलाई तीव्रता दिइएको मन्त्री यागेन्द्र राय यादवले बताए । क्षेत्रको ठाउँ ठाउँमा भइरहेको कामहरुको अनुगमन पनि तीव्र पारिएको र अनुगमनको क्रममा काम गुणस्तरीय गर्न समितिलाई निर्देशन समेत दिने गरेको उनले बताए । रौतहट क्षेत्र नं १ को ‘ख’मा रहेको सबै पोखरी एवं ताल तलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ उनले निर्वाचित भएदेखि नै संरक्षण र व्यवस्थापनको काममा लागेका छन् ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=D0l7A2nTN7s


