२०७९ जेष्ठ २८, शनिबार ०७:३६

गोष्ठीमा सञ्चार माध्यमको बिकासकोलागि पत्रकारहरुले लिखित रुपमै सल्लाह सुझाव दिएका थिए । पत्रकारहरुले काउन्सिललाई पत्रकार तथा सञ्चार माध्यमको बिकासमा गम्भीर बन्न आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले पत्रकारहरुको अवस्था चित्रण गर्दै आर्थिक तथा सामाजिक रुपले सञ्चार माध्यमहरुको बिकासमा जोड दिएका थिए । आपूmले पत्रकारिता गरेको ३१ बर्ष भएको र आपूm प्रदेश स्तरी महासंघको अध्यक्ष पनि भएको जानकारी दिँदै तर पनि आपूmद्वारा सञ्चालित पत्रिका आर्थिक अभावमा बन्द भएको र टिभी च्यानल बन्द हुने अवस्थामा रहेको भन्दै दुखेसो ब्यक्त गरेका थिए । मिडिया काउन्सिल मधेश प्रदेश जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत मुनेस यादबले पत्रकारहरुबाट सङ्कलन भएको सल्लाह ,सुझावहरु केही परिमार्जित गरी काउन्सिलको बुलेटिनहरुमा प्रकाशन गर्ने बताएका थिए ।

Comment


Related News

Latest News

Trending News