अपडेट 
२०७९ जेष्ठ २८, शनिबार ०७:४९

मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी बजेटले जग्गा र जनशक्ति व्यवस्थापन हुने बताएका छन् ।

शुक्रबार प्रदेशसभा बैठकमा प्रि–बजेट छलफलमा सांसदहरुले उठाएको सवालको जवाफ दिँदै उनले आर्थिक वर्ष ०७९÷८० को बजेटले जग्गा र जनशक्ति व्यवस्थापन हुने बताएका छन् । ‘रोजगारी र रोजगारीका अवसरहरु सिर्जना गर्नेतर्फ पनि सरकारको बजेट केन्द्रित रहने छ । खाशगरी जमीन र जनशक्तिलाई व्यवस्थापन गर्ने पनि प्रयास गरिएको छ, उनले भने– ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई रोजगारी तर्फ आकर्षित गर्ने योजना पनि राखिएको छ । हामी यसलाई व्यवस्थापन गर्ने सक्यौं भने प्रदेश समृद्ध हुन्छ ।’ विगतको वर्षमा नीति तथा कार्यक्रम अनुसार बजेट नआउने गरेको गुनासो बारे उनले अव त्यस्तो समस्या नदेखिने विश्वास व्यक्त गरेका छन् । ‘सुझावबाट आएको अधिकांश योजना बजेटमा समेटिएको छ, उनले भने–‘केही महत्तवपूर्ण छ, त्यसलाई समेटिएको छ ।

त्यस्ता सुझावलाई पनि आत्मसात गरिने छ ।’ प्रदेशको समृद्धि र विकासको लागि परिणाममुखी बजेट ल्याउने उनले प्रतिबद्धता जनाए । प्राथमिकतामा राखिएको योजना बारे उल्लेख गर्दे यस्ता योजनालाई स्थापित गर्नुपर्ने उनले आवश्यकता औल्याए । कृषि र किसानको अधिकांश समस्यालाई आगामी बजेटले सम्बोधन गर्ने बताउँदै यस पटकको बजेटमा वितरणमूखी नभई उत्पादनमूखी कृषि क्षेत्रका योजना रहने प्रस्ट गरे । ‘साना किसानको सिँचाई योजनालाई प्राथकितामा राखिने र मध्य किसानलाई प्रोत्साहन गर्ने योजना पनि समावेश गरिने तयारी भइरहेको छ,’उनले भने–‘ठूला सिँचाईको योजनाका लागि संघीय सरकारसंग समन्वय गरी काम गर्न बजेट छुट्याउने योजना रहेको छ । उत्पादन र उत्पादक बढाउन बजेटले मद्दत पुग्ने छ ।’ प्रदेशका किसान अयातमूखी भएको भन्दै अव बजेटले निर्यातमूखी बनाउने उनको विश्वास छ ।

२७ प्रतिशत जमीनमा सिँचाई गर्न बाँकी रहेको भन्दै यसपाली १५ प्रतिशतभन्दा बढी सिँचाईको काम पूरा गर्ने योजना समावेश गरिने उनले बताए । ‘उद्योग क्षेत्रको विकासको लागि प्रत्येक जिल्लामा प्रोत्सान गर्न बजेट छुट्याइने छ’उनले भने–‘प्रत्येक जिल्लामा एउटा पर्यटन क्षेत्र बनाउने बजेटको लक्ष्य रहने छ ।

Comment


Related News

Latest News

Trending News