२०७९ जेष्ठ २८, शनिबार ०७:५४

उच्च अदालत जनकपुर राजविराज इजलाशका मुख्य न्यायाधीश हरीप्रसाद भण्डारीले छिटोछरितो र प्रकृया सँगत फैसला गर्ने कुरामा कानुन व्यवसायीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

जिल्ला बार एकाईको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदास्थापन समारोहमा शुभकामना व्यक्त गर्दै न्यायाधीश भण्डारीले न्याय सम्पादनको प्रकृया तथा कानुन व्यवसायको हकहित संरक्षणमा बार एकाईले अझ सकृयतापूर्वक काम गर्ने विश्वसा व्यक्त गरे । अदालतबाट समन्वयात्मक ढंगले सँगै बस्ने र छलफल गर्ने काम हुने प्रतिबद्धता व्यक्त गर्दै उनले नयाँ कार्यसमितिको कार्यकाल ऐतिहासिक हुने शुभकामना व्यक्त गरे । जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले २ बर्षमा साढे १२ सय मुद्दा थन्किएकोमा दुख व्यक्त गरेका थिए । पक्ष र बिपक्षको सहयोग बिना न्यायपालिका एक्लैले मुद्दा टुंगो लगाउन नसक्ने भन्दै उनले २०७१ सालदेखिका मुद्दा थाँती रहेको जानकारी दिएका थिए । कोभिड र अदालत ठप्प पारेर कानुन व्यवासयीहरुले चलाएको आन्दोलनका कारण केही समस्या भएपनि मुलतः मुद्दाका दुबै पक्ष वा कुनै एउटा पक्षले मुद्दा हटाए पछि न्यायाधीशले फैसला गर्नै नसक्ने वाध्यता रहेको बताए । कानुन व्यावसायीहरुले मञ्च र फोरममा नाम नतोकेर बिचौलिया छ भन्ने तर, गोप्य रुपमा समेत नाम भन्न कोही तयार नहुने अवस्थाले समस्या समाधान नहुने उनले स्पष्ट पारे । हामी मिले मात्र बिकृती अन्त्य गर्न सकिनेमा उनको जोड थियो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इमान्दारीपूर्वक पेशा निर्वाहका साथ गलत प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए । सामाजिक सद्भाव भएको समाज निर्माणमा हामी सबैको भूमिका आवश्यक रहेको उनले बताए । निवर्तमान अध्यक्ष डोमन साहको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत बार एकाईका अध्यक्ष भरत यादव, पूर्व अध्यक्ष श्यामनारायण साह, जिल्ला अदालत बार एकाईका पूर्व अध्यक्ष रामकुमार यादव, सुरेन्द्र यादव, केशव दास, कृपानारायण यादव, बरिष्ठ अधिवक्ता देवनारायण यादव, रामप्रसाद साह, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, कानुन व्यावसायी महेन्द्रनारायण देब, ओमप्रकाश यादव, मीना देव, राजनारायण यादव, प्रमोद चौधरीलगायतकाले अदालतबाट छिटो फैसलासँगै कार्यान्वयनमा समेत जोड दिए । गत शनिबार भएको निर्वाचनमा रामप्रसाद चौधरी नेतृत्वको समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद निर्वाचित भएका थिए । प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी, उपाध्यक्षमा फुलनारायण यादव, सचिवमा प्रमोदकुमार चौधरी, कोषाध्यक्षमा मनु खनाल विजयी भएका थिए ।

यसैगरी सदस्यहरूमा वीरबहादुर कडारी, वैद्यनाथ चौधरी, उमेशनारायण शरण, राजनारायण यादव, र रहमुल मन्सुरी निर्वाचित भएका थिए । सहसचिवमा समावेशी प्रगतिशील समूहकै किरण साह निर्विरोध निर्वाचति भएका थिए । यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News