अपडेट 
२०७९ जेष्ठ २९, आईतवार ०८:४६

तीन दसकअघि नेपाल सरकारले दोश्रो अन्तर्र ाष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता महशुस ग¥यो । सन् १९९५मा नेपाल सरकारले विभिन्न आठ ठाउँमा सर्वे गराएपछि अन्ततः निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयमा पुग्यो । ०६५ सालमा यसको विस्तृत सम्भाब्यता अध्ययनको जिम्मेवारी कोरीयाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइडलाई सुम्पिएको थियो । उक्त कम्पनीले ११ महिनाको अध्ययन गरी प्रतिवेदन तयार पारेर दियो । ०७१ सालमा विमानस्थलको चार किल्ला तोक्ने काम भयो र ०७५ सालमा वातावरणीय प्रभाव मूल्याङ्कन काम सकिएपछि सरकारले सो प्रतिवेदनलाई स्वीकृत ग¥यो । कुनै पनि परियोजनाको शुभारम्भ गर्नुभन्दा पहिले विस्तृत परियोजनाको प्रतिवेदन (डिपिआर) तयार गर्नुपर्छ । अन्तर्राष्ट्रिय विमानस्थलको प्रक्रियाअगाडि बढाइरहँदा सरकारसँग यसको डिपिआर अहिलेसम्म तयार भएको छैन् । प्रतिवेदन तयार नभएसम्म निर्माण कार्य शुभारम्भ गर्न नमिल्ने कानुनी व्यवस्था भएपनि बजेट विनियोजनका साथै केही सङ्ख्यामा रुख काट्ने काम पनि भएको छ । केही दिनअघि सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा न बनाउन आदेश जारी गरेपछि यस विषयमा नयाँ तरङ उत्पन्न भएको छ । समग्रमा भन्नुपर्दा विभिन्न दलका शीर्ष नेताहरु अहिले यस निर्णयप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् । अरुण तेस्रो परियोजनदेखि एमसीसी परियोजनासम्म तीन दसकको अवधिमा जतिपनि परियोजनाको लागू वा अन्य कुनै सम्झौंता हुँदा एक अर्काको खुट्टा तान्ने र विरोधगर्ने गरिन्थ्यो । तर, निजगढको विषयमा ‘तपनि चुप मपनि चुप’को रणनीति अपनाएको देखिन्छन । निजगढमैं अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा प्रायः सवै दल एकमत छन् । राणाशासन कालदेखि अहिलेको सङ्घीय गणतन्त्रसम्म आइपुग्दा मुलुकको शासनशैली परिवर्तन भएपनि पुरानो जमानाको सोच्ने शैली कुनै न कुनै रुपमा अहिलेपनि कायमनै रहेको देखिन्छ । पुरानो सोच अहिलेसम्म कायम रहेको सन्दर्भमा अतीतलाई कोट्याउनै पर्छ । म, एउटा तीतो सत्यलाई पुनःताजगी गर्न जमर्को गर्दै छुँ । उहिले, काठमाडौंलाई ‘नेपाल’ भनेर सम्बोधन गरिन्थ्यो । चार दसकअघि तराई, हिमाल र पहाडका अधिकांस ग्रामीण क्षेत्रका वासिन्दाहरुले काठमाडौंलाई ‘नेपाल’ भन्ने गर्दथे । यहाँसम्म कि काठमाडौं वरपरका गाउलेहरुले पनि ‘नेपाल’ नै भन्ने गर्थे । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उहिले काठमाडौंलाई ‘नेपाल’ भन्ने गरिएको प्रसङ्ग एक टेलिभिजनको साक्षात्कारमा उल्लेख गर्नुभएको थियो । पचास बर्ष अघिको कुरा हो, मेरो ठुलो बुवा काठमाडौं आवतजावत गरिरहनु हुन्थ्यो । कसैले उहाँको बारेमा सोध्दा, काकीले उहाँ ‘नेपाल’ जानु भएको जानकारी दिनुहुन्थ्यो । उतिखेर, यो शब्द चलनचल्तीमा थियो । चार दसकदेखि यो शब्दको प्रयोग हराएको छ, तर बुढापाकामध्ये कतिपयले अहिलेपनि कुराकानीमा काठमाडौंलाई नेपाल भन्नमा सहजता महशुस गर्छन् । उहिले, काठमाडौंलाई नेपाल भन्ने गरिए प्रसङ्ग उल्लेख गर्नुको मुख्य उद्देश्य निजगढ विमानस्थलसँग जोडिएको छ । मेरो नजरमा ‘काठमाडौं भनेको नेपाल, नेपाल भनेको काठमाडौं’ सोचको उपज हो, निजगढमैं विमानस्थल । निजगढमा विमानस्थल निर्माण भएमा काठमाडौं आवतजावतमा धेरै सहजता हुन्छ । निजगढ र काठमाडौंको सडकमार्गबाट दूरी मात्र ५५ किलोमिटरको हुनेछ र बढीमा एक घण्टामा काठमाडौं पुग्न सकिन्छ । निजगढ आउने यात्रुहरुले ट् याक्सी चढेर एक घण्टामैं पुग्ने भएपछि काठमाडौंलाई दुइटै अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्यक्ष फाइदानै हुने भयो । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट धेरै टाढा भएको खण्डमा एक रात वास बस्नुपर्ने हुन्छ । त्यहाँबाट अर्को विमान वा लामो सडक यात्रा गरी काठमाडौं पुग्नुपर्ने हुन्छ । कुनैपनि मुलुकको राजधानीदेखि बढीमा एक घण्टाको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्छ भन्ने नियम रहेको कतिपय व्यक्तिले दावी गर्छन् । त्यसकारणले निजगढनै उपयुक्त ठाउँ हो भनेर ठोकुवा गर्छन् । जव राजधानीको सीमानाभित्र कुनैपनि अन्तर्र ाष्ट्रिय विमानस्थल नभएको खण्डमा उक्त नियम लागू हुन्छ । तर, काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छदैँछ भने एक घण्टाको दूरीमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयलाई उचित भन्न मिल्दैन् । निजगढमैं किन विमानस्थल बनाउनुपर्ने ? यस विषयमा शीर्षस्तरका नेताहरुले चुईक्क बोलेको सुनिदैनन । लाखौं रुख काटिने, हजारौं जीवजन्तुको वासस्थान खोसिने, बर्षाको पानी बहाव बस्तीतर्फ मोडिने, कतै सुख्खा हुने जस्ता भयावह अवस्थाबारे दलका शीर्ष नेताहरु जानकार हुँदाहुँदै पनि ‘तपनि चुप मपनि चुप’को नीति अख्तियार गरेको देखिन्छ । ‘मनलाई शान्त पार्नुस र गहरिएर विचार गर्नुस !’ काठमाडौंमैं ‘नेपाल’ बसेको दिव्यज्ञान प्राप्त हुन्छ । राणाकालदेखि पञ्चायतकाल हुँदै अहिले गणतन्त्रकालसम्म आइपुग्दा राजनेतादेखि अभिनेतासम्मको रोजाई काठमाडौं नै हो । उच्चपदस्थ कर्मचारी, उच्चपदस्थ अवकासप्राप्त कर्मचारी, उद्योगपति, व्यापारी, पत्रकारिता क्षेत्रमा नाम चलेका व्यक्तिहरुका साथै आर्थिक रुपले सम्पन्न व्यक्तिहरुमध्ये कतिपयले आ–आफ्ना जिल्ला छाडेर उपत्यकामैं घर बनाएर बसोवास गरेका छन् ।

काठमाडौंमा एउटा घर होस् भन्ने प्रवल चाहना राख्नेहरु थुप्रै छन् । काठमाडौंमा घर भएपछि समाजमा अर्के किसिमको रवाफ हुन्छ भन्ने धेरैको सोचाईपनि छ । मुलुकमा गणतन्त्र स्थापनापछि अव, गाउँ गाउँमा सिहँदरवार पुग्ने भनिएपनि उपत्यकाका बस्नेहरुको सङ्ख्या ह्वात्तै बढ्दै गरेको पाउनुहुन्छ । निजगढमा विमानस्थल बन्यो भने एकमात्र उपलब्धि भनेको काठमाडौनजिक पर्नु हो । तर, निजगढमा बनाउँदा पर्ने प्रतिकूल असरको विषयमा चर्चा गरौं । निजगढ विमानस्थलको निर्माण गर्दा करिव नौं हजार हेक्टर जमीन अधिग्रहण हुनेछ । पहिलो चरणमा सात लाख र क्रमिक रुपमा करिव २४ लाख रुख काटिने छ । यी तथ्याङ्क नेपाल सरकारले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्क अध्ययन (इपिए)मा उल्लेख गरिएको छ । एक रुख काटेबापत २५वटा रुखको विरुवा रोप्नुपर्ने शर्त पनि छ । सरदर, ६ करोड रुखको विरुवा कुन ठाउँमा रोप्ने हो । त्यो ठाउँको अहिलेसम्म पहिचान भएको छैन् । त्यति सङ् ख्याको रुख रोप्नका लागि अर्बो रुपैयाँ खर्चिनु पर्छ । लाखौं रुख काटेपछि भावि पुस्तालाई के सुम्पिने ? पर्यावरणमा पर्ने नकारात्मक असरलगायतका विषयमा गम्भीर भएर सरकारलाई सोच्नुपर्ने हो ।

राष्ट्रिय निकुञ्ज र जङ्गली जनावर

अन्तर्राष्ट्रिय विमास्थल निर्माण गर्न लागिएका सो क्षेत्र पर्साको राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । सो वनमा ५०–६०वटा सम्मिलित हात्तीका झुण्डले चितवनदेखि निजगढ जङ्गल हुँदै धनुषासम्म आवतजावत गरिरहन्छन । हात्तीले आफ्नो बाटो हत्तपत परिवर्तनगर्न मान्दैनन् । कदाचित, हात्तीले बाटो परिवर्तन गरी मानव बस्तीमा पस्यो भने बालीको क्षति र ज्यानपनि जाने खतरा उत्पन्न हुन्छ । झापाको बाहुनडाँगीवासीजस्तै वारा, पर्सा, महोत्तरी र धनुषालाई पनि सास्ती भोग्नुपर्ने अवस्था सृजना हुने डरपनि छ ।

जलस्रोत र कृषि क्षेत्रमा पर्ने प्रभाव

निजगढ जङ्गलको सो क्षेत्र भाँवर र तराई क्षेत्रमा पर्छ । करिव ११ हजार ७९५.६ विघा चुरे जलाधार क्षेत्रको बर्षाका पानी पसाहा, लालबकैया नदीसहित आठवटा नदी नाला भएर बग्छन् । सोमध्ये काँटघाट नदी, जोकाहा खोला, बड्की पैनी(थलहा)बकैया नदी बग्छन् । यसका साथै, तियर नदी अडुवा र पसाह नदी भारतसम्म पुग्छन् । विमानस्थल निर्माण भएमा बर्षाका पानीको बाटो परिवर्तन गराउनुपर्छ । १० वटा पालिकामा कतै डुवान र कतै सुख्खाको असरपर्ने पर्ने देखिन्छ । लालबकैया र पसाहा नदीको जलाधार क्षेत्र ८ सय ६८ किलोमिटर पर्छ । बार्षिक १५ सय मिलीमिटर पानीको ५० प्रतिशतले ६५ करोड घनमिटर पानी हुन्छ । एक करोड घनमिटर पानी एकैपटक भेल बनेर आउँदा दुई किलोमिटर लामो, दुई किलो चाक्लो र आठ फिट गहिरो डुवान हुने सम्भावना छ । यसो भयो भने, पूर्वमा लालबकैया नदीले गौंरा बजार र पसाहाले पश्चिमी गढीमाई र कलैया उपमहानगरपालिका डुवानमा पर्ने देखिन्छ । (स्रोत ःदोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समिति) यसका साथै, विमानस्थल आयोजनाको दक्षिणी भागमा ६ वटा नालीबाट सातवटा सिचाई योजनाहरु सञ्चालनमा छन् । करिव ३९०० विघामा सिँचाई भइरहेको छ । विमानस्थल निर्माणपछि सिँचाई अवरुद्ध हुँदा कृषि क्षेत्र प्रभावित हुनेछ ।

वन्यजन्तु तथा वनस्पति

पर्सा राष्ट्रिय निकुञ्जको व्यवस्थापन योजना सन् २०१८ अनुसार प्रस्तावित विमानस्थल क्षेत्रमा पर्ने टाँगिया बस्तीका करिव पन्द्रह सय परिवारलाई अन्यत्र बसोवास गराउनुपर्छ वा राहतस्वरुप आर्थिक सहयोग दिनुपर्ने हुन्छ । यसका साथै, सहजनाथ र तामागढी साझेदारी वनसमेतमा २३ प्रजातिका स्तनधारी, ४९० प्रजातिका पंक्षी, १५ प्रकारका उभयचर तथा घ्रसने प्रजाति, आठ प्रजातिका माछा, ३१ प्रजातिका पुतलीहरु र २२ वटा सङ्कटापन विरुवाहरु पाइन्छन । यी जीवजन्तुलाई कहाँ राख्ने ? अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संलग्न पक्षले जिरो भिजिविली र पूर्व–पश्चिम रनवेको आधार बनाएर निजगढनै उपयुक्तस्थल हो भनेर पुष्टि गर्न खोजेको छ । भविष्यलाई ध्यानमा राखेर आवश्यकताभन्दा बढी जग्गा अधिग्रहण गर्न नीति छ । स्मार्टसिटी पनि बनाउने रे ! किन स्मार्टसिटी बनाउनु प¥यो ? मधेश प्रदेशकोक्षेत्रको जङ्गल कटान गरेबापत जनकपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि सारौं । धार्मिक एवम् पर्यटकीय नगरी पनि हो । समग्रमा भन्नुपर्दा, काठमाडौंलाई नजिक हुने उपलब्धिबाहेक निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो भने यसको दूरगामी असर पर्ने सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News