२०७९ जेष्ठ २९, आईतवार १४:०६

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सयले बढेको छ।

शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) एक हजार पाँच सय रुपैयाँले बढेर ९९ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Comment

Related News

Latest News

Trending News