अपडेट 
२०७९ जेष्ठ ३०, सोमबार ०७:०७

जेष्ठ ३० र ३१ गतेदेखि जनकपुरधाममा उच्च शिक्षाका लागि दुई दिने बृहत् भारतीय शैक्षिक मेला आयोजना हुने भएको छ ।

जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान १० बजेदेखि एसके इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को आयोजना र वाइडरेन्ज कन्सलटेन्सी नेपाल तथा द नालेज नेटवर्कको सहयोगमा सो शैक्षिक मेला आयोजना हुन लागेको हो । सो बृहत् भारतीय शैक्षिक मेलामा भारतका विभिन्न १६ वटा विश्वविद्यालय र कलेजमा पढाइ हुने इन्जिनीयरिंग, नर्सिंग, म्यानेजमेन्ट र मेडिकल लगायतका विषयमा नेपाली विद्यार्थीलाई दिइने सेवा सुविधा र विशेषता बारे एकै थलोमा जानकारी दिइने जनाइएको छ ।

मेलामा सहभागी हुने २० वटा सरकारी, निजी विश्वविद्यालय र कलेजहरूका विद्यार्थी तथा अभिभावकहरूलाई भारतबाट आएका सम्बन्धित कलेज तथा विश्वविद्यालयका डाइरेक्टर र प्रिन्सिपलहरूले आ आफ्ना कलेज तथा विश्वविद्यालयमा दिइने सेवा सुविधा तथा गुणस्तरीयता बारे जानकारी दिनेछन् ।

Comment


Related News

Latest News

Trending News