२०७९ जेष्ठ ३१, मंगलवार १९:५६

वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

भारतले मनाउदै आएको आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत विश्व रक्तदाता दिवसको अवसरमा, दूतावासले रक्तदान कार्यक्रमका आयोजना गरेको हो ।महाबाणिज्य दुतावास परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा वाणिज्य दूतावासका पदाधीकारी तथा कर्मचारी, नेपाल सशस्त्र प्रहरी बल,जनपथ प्रहरी र नेपाली युवा उद्यमी मञ्चका अधिकारीहरू गरी २० जना द्वारा रक्तदान गरेका थिए ।
रक्तदानबाट हुने फाइदाबारे जनचेतना जगाउनुका साथै पर्सा जिल्लामा रगतको अभाव पूर्ति गर्न योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बीरगंज कार्यालयको सहकार्यमा गरेको थियो ।

छ महिनामा वाणिज्य दूतावासले यो दोस्रो रक्तदान शिविर आयोजना गरेको हो ।

Comment


Related News

Latest News

Trending News