२०७९ असार २, बिहीबार ०८:०१

जनकपुरधाममा ‘जनकपुरधाम हेरिटेज एप’ शुभारम्भ भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका लागि यूके एड र सुदृढ परियोजनद्वारा निर्माण गरिएको मोबाइल एप बुधबार जनकपुरधाम उपमहानगरपालिकाको सभा कक्षमा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख मनोजकुमार साहले शुभारम्भ गरेका छन् । कार्यक्रममा नगर प्रमुख साहले,‘ एपको माध्यमबाट जनकपुरधामका पर्यटकीय स्थलको बारेमा विश्वले थाहा पाउनुको साथै यहाँ आउने पर्यटकहरुलाई एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहज हुने विश्वास व्यक्त गरे । उनले जनकपुरधाममा वर्षभरी मनाइने धार्मिक संस्कृतिक कार्यक्रमको बारेमा सो एपमा उल्लेख गर्न सुझाव समेत दिए । एपमा अंगेजी, नेपाली, मैथिली र हिन्दी भाषा समोवेश गरिएको छ । सो एपको माध्यमबाट जनकपुरधामका करिब एक सय वटा पर्यटकीय स्थलको भ्रमण सहजै गर्न सकिने आईटी अफिसर अनिलकुमार अनन्तले जानकारी दिए । यो एप तत्काल एन्ड्रोएड मोबाइलमा मात्र चल्ने जनाइए पनि केही दिनमै सबै खालको मोबाइलमा चल्ने जनाइएको छ ।

जनकपुरधाम उपमहागनरपालिकाको अधिकारीक साइटमा गएर स्क्यान गरी मोबाइलको प्ले स्टोरबाट मोबाइलमा राख्न सकिने जनाइएको छ । जनकपुरधामका लागि सुदृढ गैर सरकारी संस्थाको सहयोग र यूके एडको आर्थिक सहयोगमा निर्माण गरिएको सो एपमा जनकपुरधामका मुख्य मुख्य पर्यटकीय स्थललाई सहजै मोबाइलमा हेर्न सकिने छ । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याय, बेलायती दुतावसकी सल्लाहकार सविता थापा वरिष्ठ पत्रकार रामभरत साह एपसँग सम्बन्धित संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

please subscribe our official youtube channel and support us.

 

Comment


Related News