२०७९ असार २, बिहीबार ११:३८

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको छ। आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको जानकारी दिएको हो।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघका अनुसार हिजो बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो।

Comment

Related News

Latest News

Trending News