२०७९ असार २, बिहीबार १६:०८

अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ।

दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।

चिकित्सकहरूका अनुसार मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने हुन्छ। ज्वरो देखापरेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट सुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ।

Comment

Related News

Latest News

Trending News