२०७९ असार ३, शुक्रबार १५:५७

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको छ ।

शुक्रबारको बैठकको निर्णय सुनाउँदै सभापति पवित्रा निरौला खरेलले सरकारको भनाइ मौखिक होइन निर्णयका रूपमा आउनुपर्ने भएकाले  औपचारिक रूपमा पेश गर्न निर्देशन दिनुभएकाे हाे ।

बैठकले एसपीपीको सन्दर्भमा अहिलेसम्म भएका पत्राचार तथा कागजातहरू पनि एक साताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बैठकले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणको बारेमा प्रश्न उठेको भन्दै यसबारेमा जवाफ दिन असार ५ गते समितिको बैठकमा बोलाउने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News