अपडेट 
२०७९ असार ४, शनिबार ०८:३५

धनुषाका पालिकाहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको गाउँ तथा नगर परिषद् गर्ने तयारी गरिरहेका छन् ।

जिल्लामा रहेका १८ पालिकाहरू अहिले पालिकाको गाउँ तथा नगर परिषद् गर्नका लागि आन्तरिक गृहकार्यमा गरिरहेका छन् । असार १५ गते भित्रमा गाउँ तथा नगर परिषद् गर्नुपर्ने प्रावधान भए अनुसार पालिकाहरूले परिषद् बैठकको तयारी गरिरहेको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगर परिषद् गर्नका लागि आन्तरिक तयारीमा जुटेको छ । उपमहानगरपालिकाले नगर परिषद् पेश गर्ने बजेटको विषयमा उपमहानगरपालिकाले विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने काम गरिरहेको छ । यसका लागि नगरप्रमुख, उपप्रमुखसहितको पदाधिकारीहरू लागि तयारीमा जुटेका छन् ।

नगर परिषद्का लागि असार ९ गते गर्ने अनौपचारिक छलफल भएपनि शुक्रबार साँझ बस्ने नगर कार्यपालिकाको बैठकले नगर परिषद् बैठक मिति तयगर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासमा केन्द्रित भएर नगरको नीति तथा कार्यक्रम सहितको बजेट ल्याउने तयारी भइरहेको बताइएको छ । धनुषाका अन्य पालिकाहरूले पनि नगर तथा गाउँ परिषद् गर्नका लागि तयारी गरिरहेको विभिन्न पालिकाहरूले जानकारी दिएका छन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिकाले पनि नगर परिषद् गर्नका लागि तयारी गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News