२०७९ असार ५, आईतवार ०९:०३

दन्तरोगका बिरामी बढ्दै गएपछि सहज र स्तरीय सेवाका लागि शकुन्तला डेन्टल क्लिनिकले गाउँ गाउँमा सेवा विस्तार गर्दै आएको छ ।

यसै क्रममा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा क्लिनिक बिस्तार गरिएको छ । उक्त क्लिनिकको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल तथा दन्तरोग विशेषज्ञ डा. नेहा दासले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यसअघि राजविराज र विष्णुपुर गाउँपालिकामा समेत शकुन्तला डेन्टल क्लिनिकले दन्तरोगको उपचारका लागि क्लिनिक स्थापना गरी सेवा प्रदान गर्दै आएको छ । सो अवसरमा डा. दासले दन्त सडन, दन्त हर्षा, पायरिया, दात सिरिङ सिरिङ गर्ने, सवास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगि दात, नमिलेका दात, मुखमा घाउ खटिरा, दागधब्बा, दात परिवर्तन लगायत दन्तरोग सम्बन्धी सबै रोगको उपचारबारे जानकारी दिइन् ।

शकुन्तला डेन्टल क्लिनिककी संचालिका बिनादेवी दासको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष अरुण मण्डलले दन्तरोगका उपचारका लागि गाउँबाट राजविराज तथा अन्य स्थानमा जानुपर्ने बाध्यता रहेकोमा अब त्यो अवस्था अन्त्य हुने बताए । क्लिनिकको स्थापनाले स्थानीय मात्र होइन आसपास तथा छिमेकी राष्ट्र भारतको सीमावर्ती क्षेत्रका बिरामी समेत सजिलो र उपचारमा खर्च कम हुने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News