२०७९ असार ५, आईतवार ०९:०९

सर्लाहीको मलंगवा नगरपालिका–२ स्थित जिल्लाकै सबैभन्दा पहिलो तथा पुरानो विद्यालय पब्लिक माविले मलंगवा नपाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै सम्मानित गरेका छन् ।

उक्त विद्यालयले स्थानीय तह निर्वाचन २०७९ मा मलंगवा नपामा निर्वाचित भएका नगर प्रमुख नागेन्द्र प्रसाद यादव,उपप्रमुख शकुन्तला देवी साहसहित वडा नम्बर १ देखि वडा नम्बर १२ सम्मका सबै नवनिर्वाचित वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई शुक्रवार आयोजना गरी सम्मान पत्र, दोसल्ला , अविर र माला लगाएर बधाईका साथ सम्मान गरेका छन् । कार्यक्रममा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले यस नगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा लगानी गर्ने बताए ।

तराई मधेशको शिक्षा क्षेत्रमा विकृति मौलाउदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शैक्षिक विकृतिलाई क्रमशः न्यूनीकरण गर्दै जानु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए । त्यस्तै मलंगवा नपा वडा न–५,भाँडसर स्थित श्री राम गुलाम जनता मा. वि ले पनि एक कार्यक्रमको आयोजना गरी मलंगवा नपा वडा न–५ का नवनिर्वाचित वडा अध्यक्ष मो .जुल्फकार अलीसहित नव निर्वाचित वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको थियो ।

Comment

Related News

Latest News

Trending News