२०७९ असार ५, आईतवार ०९:१६
मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले २५ लाखको लागतमा साढामा सडक शिलान्यास गरेका छन ्।
शनिबार मनरा सिस्वा नगरपालिका–४ मा सडक ढलान कार्यक्रममा प्रमुख अतिथि पुर्व स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र विशिष्ट अतिथि मधेश प्रदेशका पूर्व कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले संयुक्त रुपमा सडकको शिलान्यास गरेका थिए । उक्त कार्यक्रममा संघीय परिषद् सदस्य दीपक झा ( गुडु) , वडा अध्यक्ष चन्द्रभुषन मवरड, जसपा वडा समिति अध्यक्ष सुशील यादव, डा. अञ्जलि झा, लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

