२०७९ असार ५, आईतवार १६:४७

वीरगन्ज स्थित चिनी कारखाना र कृषि औजार कारखाना संचालनमा ल्याउने सरकारको घोषणामा नेपाली कांग्रेसकै केन्द्रिय नेताले संका व्यक्त गरेका छन् ।

स्थानिय संचाकर्मिहरुसंग कुरा गदै नेपाली कांग्रेसका नेता राम शरण महतले यस्ता संकाव्यक्त गरेका हुन ।निजि क्षेत्रले गर्न नसकने काम मात्र सरकारले गर्ने नेपाली कांग्रेसका प्रवक्ता डा। राम शरण महतले बताउनु भयो । प्रेस युनियन पर्साद्वारा वीरगन्जको होटल लड्स दयालुमा आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले लामो समय देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना तथा कृषि कारखाना र काठमाडौंमा रहेको चाइनिज ईटा उद्योग, राजधानी वाहिर बन्द रहेका बिभिन्न कारखानाहरू फेरि संचालनमा ल्याउनु पर्ने अवश्यक्ता न रहेको डाक्टर महतले बताउनु भयो । देशमा सयैको संख्या अर्धसरकारी छालाकाजुत्ता, कपडा उद्योग त्यसतै बिभिन्न ठाउँमा चिनि कारखानामा सरकारले लगानी गर्नु पर्ने कुनै अवश्यक्ता नरहेको नेता महतको तर्क थियो । सरकारले स्वास्थ्य , शिक्षा, बाटोघाटो , खानेपानी आदि कुरामा लगानी गर्नुपर्ने जोड दिनुपर्ने अहिलेको मुख्य आवश्यक्ता रहेको उनले बताए ।

नेता महतले भने, ‘एसपीपी पुरै सैन्य गठबन्धन होईन’। तर सैन्य गठबन्धन तिर उन्मुख हुन्छ कि चासो र चिन्ताको विषय भएकाले यो लागु नहुने प्रधानमन्त्रीले बताईसकेको डाक्टर महतले बताउनुभयो । एसपिपिबारे एमाले सरकारको पालामा नै कुरा अगाडि बढेको र अहिले स्थानीय तहमा कम सिट ल्याए पछि एमालेले यसलाई मुद्दा बनाएर प्रदेश र संघको चुनाव जाने कुरामा जोड दिए नेता महतको दाबी थियो ।

Comment


Related News

Latest News

Trending News