नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन ।
त्यस्तै थप १२ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।