अपडेट 
२०७९ असार ८, बुधबार ०७:१०

उद्योगी व्यवसायीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघ(जउवासंघ)को निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै उच्च अदालत जनकपुरधाममा दायर गरिएको रिट निवेदन खारेज भएको छ ।

उच्च अदालतले मंगलवार रिट निवेदन नै खारेज गर्ने फैसला गरेको अधिवक्ता सुदीप कोइरालाले जनाएका छन् । अधिवक्ता कोइरालाले विपक्षीको तर्फबाट बहस गरेका थिए । २०७७ सालको चैत २८ गते जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन भएको थियो । मतगणनाको क्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार मनिषरमण साहलाई धाँधली गरी निर्वाचित गराएको आरोप लगाउँदै सो पदका प्रतिस्पर्धी सुरेन्द्र कुमार भण्डारीले अदालतमा मुद्दा दायर गरेका थिए । निर्वाचन समिति र जउवासंघलाई समेतलाई विपक्षी बनाइ भण्डारीले दर्ता गरेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थिएन् ।अदालतले नियमित सुनुवाईमा राखेको सो मुद्दाको फैसला मंगलवार आएको छ । िन व े द क भण्डारीले पूनःमतदानको माग गरेका थिए ।मतदानको क्रममा खसेको भन्दा धेरै बढी मतको गणना गरिएको भण्डारीको आरोप थियो ।उनले वरिष्ठ उपाध्यक्ष पदमा मतगणनामा धाँधली गरी नियतवश आफूलाई पराजित भएको घोषणा गरिएको आरोप सहित अदालत गएका थिए ।

जउवासंघ निर्वाचन समितिको अध्यक्ष सन्तोष कुमार साह रहेका थिए ।उनले चुनावमा कुनै प्रकारको धाँधली नभएको बताउँदै निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गर्न आग्रह गरेका थिए ।अदालतमा साह र जउवा संघका लगाइएको जवाफमा चुनावमा धाँधली भएको विषयलाई अस्वीकार गरिएको थियो । निर्वाचन सम्पन्न भएको १ वर्ष भन्दा बढी भइसकेको र निर्वाचित पदाधिकारीहरुले नियमित रुपमा कार्य समेत सञ्चालन गरिरहेका छन् । उद्योगी व्यवसायीको हकअधिकारको संरक्षण, प्रोत्साहन, अवसरको खोजी लगायतका कार्यहरु जउवासंघले गर्दै आएको छ । अदालतको फैसलापछि निर्वाचन समितिका अध्यक्ष साहले फैसलालाई सम्मान गरेको बताउँदै न्यायालयबाट दुधको दुध र पानीको पानी छुट्याइएको बताए ।‘अदालतको फैसलापछि आफूले गरेको कामबाट गौरवान्वित महसुस गरेको छु’ उनले भने, ‘ईमान्दारी र निष्ठापूर्वक चुनाव सम्पन्न गराउने दायित्व निर्वाह गरेको अदालतबाट समेत प्रमाणित भएको छ ।’ त्यसै गरी संघका अध्यक्ष जितेन्द्र महासेठले पनि अदालतको फैसला सत्यको पक्षमा भएको बताए ।‘फैसलाले अब चुनाव सम्बन्धी विवादको टुंगो लागेको छ ’ उनले भने, ‘ लोकतान्त्रिक विधि अनुसार भएको निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्छ ।’ उद्योगी व्यवसायीहरुको साझा संस्था जउवासंघ भएकाले सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । चुनावको परिणामपछि संघको विधान, नीति अनुरुप कार्य भइरहेको जनाउँदै अध्यक्ष महासेठले भने, ‘उद्योग वाणिज्य संघ राजनीति गर्ने थलो होइन् ।’

Comment


Related News

Latest News

Trending News