अपडेट 
२०७९ असार १०, शुक्रबार ०७:२३

अहिले पश्चिमा मीडियाहरुमा चीनद्धारा झिनजियांग प्रदेशमा कम्युनिस्ट पार्टीद्वारा गराइएको‘सांस्कृतिक सफÞाई’ का खबरहरु व्यापक रुपमा आइरहेका छन् । जहां चीनले पुनर्शिक्षण कार्यक्रमको भयावहताले विघर मुसलमानहरुको पहिचान र संस्कृति माथी गरिएका ठुलो आक्रमणलाई पर्दाफास गरेको छ ।त्यही,यो घटनामा मुस्लीम मुलुकहरु मुख्यरुपमा मौन नै छन ।मौनताको यो क्रम म ुस्लिम समुदायसम्म मात्र सिमित छैन,यसको असर छिमेकि लोकतान्त्रीक मुलुकहरुमा पनि परेको छ,जहा मानवाधिकार र स्वतंत्रताका आवाजÞ मौन छन । मीडियाहरुमा आएका खबर अनुसार विघरहरुलाई पुनर्शिक्षण शिविरमा राखिएको छ ।त्यहा उनीहरुका जबर जस्ती पोर्क खुवाउनुका साथै रक्सी समेत पियाउने काम समेत गरिएको छ ।सरकारी दमनको एउटै उदेश्य छ कि उनीहरु आफ्नै संस्कार र धार्मिक आस्थाको बिरोध गर्दै चीनी कम्युनिस्ट पार्टीको विचारधारामा दीक्षित होउन ं।यो प्रक्रिया झिनजियांग इलाकÞामा अभियानकै रुपमा तिब्रताका साथ चलाइएको छ । संयुक्त राष्ट्रको अनुमान अनुसार लगभग १०लाख विघरहरु यस्ता शिविरमा बन्दी जस्तै जिवन बिताउन बाध्य छन् ।

चीन सरकार यो क्षेत्रमा आफ्नो सुरक्षालाई नया शिविरको रुपमा चलाउनुका साथै यो अभियानलाई सफल बनाउन ठुलो रकम खर्चि रहेको छ । पार्टीको प्रचारवादि आंखामा यो शिविर ‘वैचारिक बीमारी’ को उपचारको लागी अस्पताल जस्तै चलाइएको छ ।कतिपय कुरामा, यी पुनर्शिक्षण केन्द्रहरुमा दिइएको यातनाको कारण कतिपय मुस्लीम युवाहरुको मृत्यु समेत भएको छ ।तर कतिपय युवाहरुको मृत्यु भएको सरकारद्धार उनका आफन्तलाई जानकारी समेत गराइएको छैन । पश्चिमा मिडियाहरुमा आएको खबरमा अनुसार एक चिनीया अधिकारी भन्छन, “वैचारिक रोग शारिरिक रोग जस्तै हुन्छ,समयमै त्यसको उपचार गरिहाल्नु पर्छ, त्यसलाई वेवास्ता गरियो भने ठुलो रोग हुने सम्भावना हुन्छ।जसले गर्दा पछि पछुतो नहोस। धार्मिक अतिवाद र हिंसक आतंकवादी विचारधाराको चपेटामा आउनु र समयमै उपचार नहुनुले मान्छे एडिक्ट भइहाल्छ ,फेरी लागु पर्दाग सेवन कर्ता जस्तै उसको अवस्था आउन सक्छ ।यो मुस्लीम समुदाय, चाइनाको अल्पसंख्यक नगरिकहरु अहिले सबै भन्दा ठुलो र भयावह यातनामा छन, तर पुरा वैश्वीक समुदाय यीनीहरुप्रति आखा समेत झिमकाउन सकेको छैन। झिनजियांगमा धार्मिक अतिवाद र कट्टरताको खासै असर छैन,तर कम्युनिस्ट पार्टी धार्मिक अतिवादको बहानामा यो पुरै अल्पसंख्यक आबादीलाई अलगाववादी बहानामा बन्ंधकझै बनाउदै आएको छ । चीनको प्रतिक्रियात्मक अनुपातमा यो धेरै छ ।संयुक्त राष्ट्र संघ र अमेरिकाका अधिकारी यसको ठुलो आलोचना गर्दै आएका छन् ।

त्यो प्रदेशमा अतिवादीतत्वहरुलाई समाप्त गर्ने नाममा जुन प्रकारले चीनद्धारा अभियान सुरु गरिएको छ,त्यो अब विघरहरुको सांस्कृतिकलाई चिनीया कम्युनिजम अभियानमा परिवर्तन गर्ने मुहिममा परिणत भइसको छ । झिनजियांग चीनको सबै भन्दा ठुलो प्रदेश हो ।यसको क्षेत्रफल १६,६०,००० वर्ग किलोमीटर रहेको छ । या प्रदेशको जनसख्या करिब २दशमलव२ करोड रहेको छ । यसको सिमा भारतको काश्मीर,पाकिस्तान, अफÞगानिस्तान र अरु मध्यएशियाई देशहरुसंग टासिएको छ । वाइगर चीनको ५५ मान्यता प्राप्त अल्पसंख्यक समूहहरु मध्ये एक हो र झिनजियांगमा ४५ प्रतिशत जनसख्या यीनीहरुको रहेको छ । जबकि यो सांस्कृतीका अल्पसंख्यक सबैभन्दा ठुलो र भयावह यातना झेलनमा विवश छन, पुरै विश्व समुदायको मानवता यीनीहरु प्रति मौन छ ,मानव अधिकारका कुरा गर्नेहरु त झन कता हो कता

उइगर मुसलमान र चीन कम्युनिस्ट पार्टीको दमन

सन् १९४९मा जब देखि शिंजियांग , चीन को भू भाग बन्यो,त्यसैबेला देखि नै कम्युनिस्ट पार्टीले त्यहा सांस्कृतिक आक्रामकता,दबावपुर्णरुपमा त्यहा अत्याचारको सुरु गर्यो ।सार्थ त्यहाको संसाधनहरुको दुरुपयोग को एजेन्ंडालाई निरन्तर्ता दिदै आएको छ ।यसै क्रममा, शिंजियांगमा चीनको हान समुदायको जनसख्यालाई योजनाबद्ध रुपमा बढाउदै पांच प्रतिशतबाट ४०प्रतिशत पुर्याइएको छ । जबकि, उइगर मुसलमानको सख्या ८०प्रतिशतबाट घटेर ४५दशमलव ८ प्रतिशतमा पुगेको छ ।

अहिले पनि अधिकांस उइगर मुसलमान प्राथमिक क्षेत्रमा मात्रै काम गर्दछन ।त्यहि ठुलो सरकारी पद र उद्योगहरुमा हान समुदायका कामदार र अधिकारीहरु रेहको पाइन्छ । हान समुदाय र उइघुर मुसलमान बिचको स्थापित यो समाजिक खाडलले , शिंजियांगमा सधै ं जातीय तनाव रहदै आएको छ ।परिणम स्वरुप२००९मा ठुलो जातीय दंगा भएको थियो ।त्यससंगै चिनबिरोधी बिद्रोह त्यसैबेला देखि बढदै गएको हो ।

Comment


Related News

Latest News

Trending News