राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डुको मेडिकल सुपरिडेन्टमा डा. प्रमोद कुमार यादव पूनःनियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ शल्य चिकित्सक डा.यादवलाई नियुक्त गरेको हो । नियुक्त भएलगत्तै यादव विहीबार ट्रमा सेन्टरमा हाजिर पनि भएका हुन् ।
दुई वर्षअघि उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा सोही ट्रमा सेन्टरका उनी मेसु बनेका थिए । त्यसअघि रामेछाप र रंगेली जिल्ला अस्पतालमा पनि मेसुकै कमाण्ड सम्भालेका थिए । कुशलता पूर्वक दुई दशकदेखि चिकित्सा सेवा गर्दै आएका यादवलाई प्रदेश सरकारले भने पत्याएनन् । प्रदेश सरकारले डा.यादवलाई प्रादेशिक अस्पतालबाट हटाए पनि गत हप्ता मधेश प्रदेश सरकारको चिकित्सकमा नियुक्त गरेको थियो ।तर उनले सरकारको अनुहारमा दाग देखिने गरी नै जबर्जस्त थप्पड प्रहार गरेका छन् । प्रदेश सरकारले दिएको नियुक्तिलाई लत्याउँदै संघीय राजधानी काठमाण्डुमा अवस्थित नेपाल र भारतको संयुक्त लगानीको ट्रमा सेन्टरको प्रमुख भएका छन् । प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएसँगै सेवा झन खस्केको छ ।चौतर्फी अनियमितता बढेको छ ।अस्पतालको आकस्मिक कक्षमा जाने बिरामीले कटन, गज, ब्याण्डेज, बेहोसीको सुई, टाँका लगाउने सियो, धागो, ब्लेड लगायतका सम्पूर्ण सामग्री स्वयंले खरिद गरी दिनुपर्छ ।
अस्पतालको आकस्मिक कक्षलाई केही स्वास्थ्य इन्स्टिच्यूटका एच ए र स्टाफ नर्स अध्ययनरत्त विद्यार्थीहरुले धानेका छन् । मधेश स्वास्थ्य प्रतिष्ठानले भवन नहुँदै ८६ करोडको स्वास्थ्य सामग्री खरिदमा व्यापक अनियमितता गरेको लागिरहेकोछ । दश लाखको अक्सिजन सिलिण्डर खरिद गरिएको भनिए पनि त्यो मौज्दात प्रतिष्ठानमा छैन । अस्पतालको अवस्था दिनानुदिन खस्कदै गएको छ ।अस्पतालको आकस्मिक र इन्डोर भवनमा शौचालय गन्हाएर जानै नसक्ने भएको छ ।बिरामीका कुरुवा समेत रोगी हुने फोहर अस्पतालमा रहेको छ । प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले विज्ञ सेवा दिने प्रचार गरे पनि सामान्य सेवाबाट समेत सर्वसधारण बिरामी बञ्चित भएका छन् ।मुख्यमन्त्री राउत कुलपति रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको भ्रष्टाचार गर्ने ठूलो अड्डा बनेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


