२०७९ असार १०, शुक्रबार ०७:४२

पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले १२ वटा सामुदायिक विद्यालयलाई १ सय ३१ थान पंखा वितरण गरेका छन् ।

बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटियास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रमका वीच सामुदायिक विद्यालयलाई पंखा उपलब्ध गराएका छन् । बारा क्षेत्र नम्बर ४ (ख) का विभिन्न विद्यालयहरुमा पंखा नहुँदा गर्मीका कारण विद्यार्थीको पठनपाठनमासमेत प्रभाव पर्ने भएकाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्षसमेत रहेका सोनलले पंखा हस्तान्तरण गरेका छन् । यसअघि पनि उनले आफ्नै क्षेत्रका सामुदायिक विद्यालयहरुमा पंखासहित अन्य आवश्यक सामग्री प्रदान गरेका थिए । सोही योजनाकै निरन्तरतास्वरुप सो पंखा लोसपा फेटा गाउँपालिकाका अध्यक्ष लोहा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News