पर्साको जगरनाथपुर गाउँपालिकाको ७ औं गाउँ सभा आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ ।
नीति तथा कार्यक्रम मा ४९ करोड ३२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । जसमा शिक्षा तर्फ ११ करोड २४ लाख, स्वास्थ्य तर्फ २ करोड २८ लाख, कृषि तर्फ १ करोड २६ लाख, सामाजिक विकास तर्फ दुई करोड ४१ लाख, पूर्वधार विकास तर्फ १५ करोड २३ लाख, सामाजिक सुरक्षा तर्फ ८ करोड र चालु तर्फ ९ करोड गरी ४९ करोड ३२ लाख बराबरको बजेट गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ले प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक बर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए । उनले भने –‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरीक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र÷छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।’ अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्रोसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए । उनले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए । उनले जगरनाथपुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए । गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको गाउँ सभाको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाट गरेका थिए ।
जगरनाथपुरको बजेट ४९ करोड
पर्साको जगरनाथपुर गाउँपालिकाको ७ औं गाउँ सभा आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरिएको छ । नीति तथा कार्यक्रम मा ४९ करोड ३२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । जसमा शिक्षा तर्फ ११ करोड २४ लाख, स्वास्थ्य तर्फ २ करोड २८ लाख, कृषि तर्फ १ करोड २६ लाख, सामाजिक विकास तर्फ दुई करोड ४१ लाख, पूर्वधार विकास तर्फ १५ करोड २३ लाख, सामाजिक सुरक्षा तर्फ ८ करोड र चालु तर्फ ९ करोड गरी ४९ करोड ३२ लाख बराबरको बजेट गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ले प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक बर्षको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । साथै उनले विद्यालयलाई आपंगता तथा बालमैतृ बनाइने वताए । उनले भने –‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरीक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र÷छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।’ अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए । उनले सासु, ससुरालाई राम्रोसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत वताए । उनले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन गरिने, प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने वताए । उनले जगरनाथपुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिकविकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए । गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको गाउँ सभाको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्घाट गरेका थिए ।

