२०७९ असार ११, शनिबार ०९:३७

सामुदायिक सेवा समिति जनकपुरधामका महिलाहरुलाई आत्मनिर्भर बनाउन लागेका छन् ।

यसै अनुरुप जनकपुरधाम उप–महानगरपालिका १९ शिहपुरमा सात दिने महिला सशक्तिकरण, महिला बेचविखन रोकथाप, महिला आय आर्जन, लहरेबाली बेमौसमी तरकारी खेती सम्वन्धी तालिम प्रदान गरेका छन् । सो वडाका २० जना सहभागी महिलाहरुलाई यस बिषयमा तालिम दिइएको थियो । जिविकोपार्जनकालागि आत्मनिर्भर बनाउन लहरेबाली बेमौसमी खेती सम्वन्धी तालिम दिइएको संस्थाका अध्यक्ष प्रविणाकुमारी ठाकुरले जानकारी दिएका थिए ।

समापन सारोहमा वडाका प्रतिनिधि रामजिवन मण्डलको विशेष उपस्थितिमा संस्थाका अध्यक्ष ठाकुरले सहभागी २० जनालाई प्रमाणपत्र समेत वितरण गरेका थिए । विज विजन तालिम सामग्री र कृषि उपकरण सम्वन्धी समग्री समेत सो अवसरमा प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News