गढीमाई साझेदारी बन ब्यवस्थापन समिती पथलैयाले डिभिजन बन कार्यालय बारामा डिभिजन बन अधिकृतको रुपमा आएका बिनोद सिँहलाई दोसल्ला ओढाई फुलमालाले स्वागत गरेका छन् ।
डिभिजन बन अधिकृत सिँहसँग बन ब्यवस्थापन समितीले परिचायत्मक कार्यक्रम सम्पन्न गरी उनको बारा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन् । गढीमाई साझेदारी बन ब्यवस्थापन समितीका अध्यक्ष गणेशजी प्रसाद साहले अबिर ,फुलमाला र दोसल्लाह लगाई सिँहको स्वागत गरेका थिए । डिभिजन बन अधिकृत बिनोद सिँहले गढीमाई साझेदारीले गरेको सम्मानप्रती खुसी ब्यक्त गरेका थिए । उनले बन ब्यवस्थापन समिती र डिभिजन बन कार्यालय बिच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । एक बिना अर्काको अस्तित्व सम्भव नहुने भएकाले दुबै काँधमा काँध मिलाई बनको संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने धारण ब्यक्त गरे ।
कार्यक्रमको उद्घाटन डिभिजन बन अधिकृत सिँहले गढीमाई साझेदारी बन कार्यालय परिसर भित्र बिरुवा लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको स्वागत मनत्बय संजिता ठाकुरको रहेको थियो भने सञ्चालन गोपाल साहले गरेका थिए । कार्यक्रममा सहायक बन अधिकृत अनिल साह ,जवाहर साह, देवनारायण पासवान ,अजित राय ,रमन प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

