पर्साको पोखरीया नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रम नगर प्रमुख प्रद्युमन चौहानको आदेशमा प्रमुख प्रशासकीय अधिकृत असोक रौनियारले ५१ करोड ९० लाख १४ हजार बराबर को अनुमानित बजेट प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा पोखरीया नगर प्रमुख प्रद्युमन चौहानले आफ्नो पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य ,कृषि, सिँचाइ, लगायत पर्यटन र भौतिक पूर्वाधार बिकास रहेको बताए । उनले पोखरीयाको टाउन प्लानिंगको समस्यालाई छिट्टै समधान गर्ने प्रतिवद्धता व्यक्र गरे ।
पोखरीया नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पुँजीगत तर्फ २३ करोड १५ लाख तथा चालू खर्च तर्फ २८ करोड ७४ लाखको अनुमानित आय प्रस्तुत गरिएको छ । नगरपालिकाको कुल आन्तरिक श्रोतबाट ७ करोड २५ लाख आम्दानी मात्र देखिने गरी ५१ करोड ९० लाख १४ हजार सार्वजनिक गरिएको थियो ।

