२०७९ असार ११, शनिबार १३:३७

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउदै मूल्य समायोजन गरिएको जानकारी दिनुभयो । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिनुभयो । अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्ने र नयाँ मूल्य शनिबार रातीबाटै लागू हुने उहाले बताउनुभयो । यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो । त्यस लगतै मन्त्रीपरिषद्को बैठक बसेको र पेट्रोलियम पदार्थको मूल्य समायोजना गरिएको मन्त्री बडुले बताउनुभयो । उहाले पेट्रोलियम पदार्थको मूल्यबुद्धिले अन्य बस्तुमा समेत मूल्यबृद्धि भएकाले सरकार यस बिषयमा संवेशनशिल रहेको धारणा राख्नुभयो ।

उहाले राज्यका सवै सम्यन्त्र मिलेर बजार अनुगमन व्यापक गर्ने र अस्वभाविक मूल्यबुद्धि नियन्त्रण गरिने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News