अपडेट 
२०७९ असार ११, शनिबार १६:५५

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ३७ पिसिआर परिक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् । हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News