२०७९ असार १२, आईतवार ०७:४२

कलैया । प्रसौनी गाँउपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार केसरीले कार्यपालिकाको बुहमतलाई उपेक्षा गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन् ।

शनिवार पत्रकार सम्मेलनको आयोजना गरी पाँचदलीय गठबन्धन भित्र रहेका नवनिर्वाचित वडाअध्यक्ष ,कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् । ३९ जना गाँउसभा सभा सदस्य रहेकोमा पाँचदलीय गठबन्धनमा २२ जना रहेका छन भने १५ कार्यपालिकाको बोर्डमा पनि गठबन्धनमा १० जना कार्यपालिका सदस्य रहेको हुदा समेत पनि लोकतान्त्रिक परिपाटीलाई समेत उपेक्षा गर्दै आपूmहरुसंग कुनै प्रकारको छलफल नै नगरी नीति तथा योजना एवम बजेट तर्जुमा गरेको हुदा सो तर्जुमा कुनैपनि हालतमा मान्य नहुने वडा नम्बर ६ का वडाअध्यक्ष वृजकिशोर साहले जानकारी दिए । त्यति मात्र नभई बिषयगत समितिको बैठक, योजना तर्जुमा समितिको बैठक, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, राजस्व परामर्श समितिको समेत बैठक नबसी नीति तथा कार्यक्रममा पेश हुने योजनाहरुका बारेमा पनि कार्यपालिकाबाट निर्णय समेत नगरी बहुमतलाई उपेक्षा गरी अध्यक्ष जयसवाल र प्रमुख प्रशासकीय अधिकृत केसरीले एकलौटी गर्न खोजेको उनीहरुको आरोप छ ।

कानुन विपरीत गाँउसभा गर्ने नाटक मंचन गरेको हुदा सो नाटकमंचन बन्द गरी विषयगत समितिहरुको बैठक यथाशीघ्र बोलाई बिभिन्न वडाहरुबाट संकलन गरिएको योजनाहरु कार्यपालिकाबाट अनुमोदन गरी सबै प्रक्रिया पुर्याई गाउँ सभा गर्न सुझाव दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत केसरी एमाले पार्टीको प्रवतmाका रुपमा एमालेमय योजनाहरु ल्याउनमा सघाउने र एमाले जितेको वडाहरुमा कामकाज निर्वाध रुपमा गर्ने गराउने तर काँग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबाट जितेका वडाअध्यक्षहरुको वडामा अल्झाउने काम गरेको वडाअध्यक्ष साहले आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृतको व्यवहारमा सुधार नआए कार्यपालिकाको बहुमत बोर्ड सदस्यहरुको निर्णय गरी यहाँबाट केसरीलाई सरुवा गराउने समेत चेतावनी दिए पत्रकार सम्मेलनमा वडाअध्यक्षहरु बृजकिशोर साह, हृदय कुमार साह, छोटालाल प्रसाद, याकुव अंसारी, कार्यपालिका सदस्यहरु सुनैना देवी कलवारिन, शिवजी कुमार लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News