२०७९ असार १२, आईतवार १४:०९
नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएकाे छ।
मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएकाे हाे । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएकाे बताइएकाे छ।
‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएकाे र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले निकट स्राेतले जानकारी दिएकाे छ ।


