२०७९ असार १३, सोमबार ०९:२६

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गर्नुभएका मन्त्रीहरुको सपथ आज हुने भएको छ । आइतबार साँझ देउवाले एकीकृत समाजवादीका पाँच नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नव नियुक्त मन्त्रीहरुको शपथ सोमबार गराउने तयारी भएको छ ।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

Comment


Related News

Latest News

Trending News