२०७९ असार १४, मंगलवार ०८:०८

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेशको बैठकमा स्थानीय तहको चुनावमा पराजयको दोष जनता समाजवादी पार्टी(जसपा)लाई दिएको छ ।

प्रदेश समितिको सोमवार बसेको बैठकमा सहभागीहरुले पटक–पटक धोका दिएको कारण क्षति भएको बताए ।उनीहरुले जसपाको नाम नलिए पनि संकेत उतै गरेका थिए । बैठकमा मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले मधेशलाई कमजोर गर्ने को विषयमा आमजनतालाई बुझाउन जरुरी रहेको बताए । मधेश आन्दोलनको मुद्दा माथि कुठाराघात गरेर पटक पटक धोका दिएकाहरु बारे जनतालाई बुझाउदै लोकतन्त्र र मधेशवादका लागि सक्रिय रहनुपर्नेमा उनले जोड दिए । प्रदेश समितिको अध्यक्षको समेत जिम्मेवारी जितेन्द्र सोनललाई दिएदेखि लोसपा मधेश प्रदेशमा तीब्र असन्तुष्टि देखिएको छ ।तर सोनलले त्यसलाई वेवास्ता गर्दै प्रदेश कमिटीको बैठक गरेका छन् ।‘मधेशको अधिकार अझै प्राप्ति भइसकेको छैन्’ उनले भने, त्यसका लागि संगठन सुदृढीकरण र जनचेतना अभियान एकसाथ सञ्चालन गरिनेछ । मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री हुँदा सोनलले चरम भ्रष्टाचार गरेको आरोप लागेको थियो ।उनले गरेका कयौं निर्णयको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ ।

मधेश प्रदेश सरकारको गतिविधिबारे खासै चर्चा नगरेका सोनलले भने, प्रदेशको नाम मधेश प्रदेश हुनु ऐतिहासिक उपलब्धि रहेको बताए । मधेश प्रदेश अध्यक्ष सोनलले सहभागीहरुलाई संगठन, नेता कार्यक्रतालाई प्रशिक्षण र चुनावलाई केन्द्रविन्दुमा राखेर नेता, कार्यकर्ताहरुलाई अगाडि बढन निर्देशन दिए । बैठकमा प्रदेश सांसद परमेश्वर साह, अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन सहितका सांसद, मधेश प्रदेश समितिका सचिव बिनोद चौधरी पप्पु सहितका नेता कार्यक्रताहरुको उपस्थिति रहेको छ ।

Comment


Related News

Latest News

Trending News