२०७९ असार १४, मंगलवार ०८:१४

टीभीएस अपाचेको ४–भी सार्वजनिक भएको छ ।

सोमबारदेखि जनकपुरधामको अधिकारीक एजेन्सीबाट पनि विक्री सुरू भएको हो । बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडलहरू छन् । यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बताइएको छ । रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस–६ कम्प्लायन्ट इन्जिन यस बाइकको बलियो आधार हो । अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ । यसैगरी बिएस–६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतीक्षा गरिएको थियो । यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस–६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ । यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पु¥याएको छ ।

बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ । जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ । यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ । जगदम्बा मोटर्सले यो नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

Comment


Related News

Latest News

Trending News