जनकपुरधाम ।आवश्यक कानून नबनेको कारण नेपालको एकमात्र रेल सञ्चालनमा कठिनाई हुन थालेको छ ।तीन महिनादेखि रेल सञ्चालनमा रहेको छ ।तर कानून निर्माण भएको छैन् ।आधारभूत कानून नबने सम्म रेल सञ्चालन व्यवस्थित हुन नसक्ने अधिकारीहरुको कथन छ ।
रेल चढने यात्रुहरुको कमी छैन् ।सबै स्टेशन र हाल्टमा चढ्ने र ओर्लने यात्रुहरुको तछाडमछाड भइरहन्छ । रेल सेवाका लागि भने कानूनको अभाव रहेकोछ ।रेलको टिकट, प्लेट फार्म, रेलको सम्पत्ति संरक्षणका लागि चाहिने कानून बनेको छैन् ।हाल अध्यादेशबाट रेल सञ्चालनमा रहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।कानून नभएकै कारण कतिपय कामहरु रेलवे कम्पनीले अगाडि बढाउन सकेको छैन् । भारत सरकारको सहयोगमा सञ्चालनमा आएको कुर्था–जनकपुरधाम–जयनगर रेलवेको कुल दुरी ३५ किलोमिटर रहेको छ ।‘रेलमा बिना टिकट यात्रा गर्ने यात्री पक्राउ पर्दा कारवाही गर्न कानून चाहिन्छ’ महाप्रबन्धक झाले भने, रेलले कानून बिना कारवाही गर्न सक्दैन् । रेलवेलाई नियमित रुपमा तीन समय सञ्चालन गर्न थप दुई सेट रेल आवश्यक रहेको छ ।हाल दुई समय मात्र रेल सञ्चालनमा रहेको छ ।डिजेलबाट गुड्ने रेलका लागि हाल सञ्चालन लागत महँगो रहेको बताइन्छ ।तर रेलको नाफानोक्सान असार मसान्तपछि मात्र यकिन हुने रेलवेका महाप्रबन्ध झा बताउँछन् ।रेलवे नोक्सानमा नभएको उनको विश्वास छ । रेलमा हाल मालसमान ओसारपसार गर्ने कोचहरु छैन् ।यात्रु मात्र बोकेर रेलले मुनाफा आर्जन गर्न कठिन रहेको बताइन्छ ।नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्षको चैत २० गते भारतको राजधानी नयाँदिल्लीबाट संयुक्त रुपमा उद्घाटन गरेदेखि रेल यात्रु ढुवानीका लागि सञ्चालनमा रहेको छ ।प्रारम्भमा एक समय मात्र सञ्चालनमा रहे पनि हाल दुई समय सञ्चालन भइरहेको छ ।
नेपाल र भारतबीच रेल सम्बन्धी भएको सम्झौतामा रेलको ईञ्जिन, बोगी, मालवाहक बोगीको प्रावधान राखिएको थिएन् ।नेपाल सरकारले खरिद गरेको रेलसेटमा पनि मालबाहक बोगी छैन् ।सञ्चालन भइरहेको रेल सेटको दुबै ईञ्जिन सञ्चालनमा रहेकाले एउटा बिग्रे एउटैले सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कर्मचारीहरु बताउँछन् । रेल जयनगरबाट मात्र बिहान छुट्ने गरेको छ ।कुर्थाबाट पनि बिहान रेल छुट्ने व्यवस्था मिलाउन यात्रुहरुको दवाव रहेको महाप्रबन्धक झा बताउँछन् । बिहान जयनगरबाट कुर्थाका लागि छुटेको रेलले जयनगरमा मार्केटिंग गरी फिर्ता हुन समस्या भइरहेको छ ।तर रेललाई कुर्थाबाट सञ्चालन गर्न प्राविधिक समस्या छ ।स्रोतका अनुसार रेलवेमा कार्यरत्त भारतीय कर्मचारीहरुले आवास जयनगरमा नै राखेकाले उनीहरु राति रेललाई त्यहाँ रोक्ने गरेका छन् । जयनगरमा रेलको रात्रि बास भारतीय प्राविधिकहरुका लागि हुनु बाहेक अन्यथा नभएको स्रोतले जनाए ।स्रोतका अनुसार रेल सञ्चालनको सम्पूर्ण प्राविधिक पक्ष भारतीयहरुले सम्हालेका छन् ।उनीहरुले जयनगरस्थित भारतीय रेलको कर्मचारी आवास(क्वाटर)लाई प्रयोग गरिरहेको बताइन्छ ।तर नेपाल रेलवे कम्पनीले भारतीय कर्मचारीहरुको सम्पूर्ण सेवासुविधा वापतको रकम उपलब्ध गराइरहेको छ ।उनीहरुलाई भारतीय रेलले प्रदान गर्ने सेवा सुविधाको अतिरिक्त पनि सेवा उपलब्ध गराइएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw

