२०७९ असार १६, बिहीबार ०९:०४

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ। डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ।

‘यो महामारी परिवर्तन भइरहेको छ। तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने।

Comment

Related News

Latest News

Trending News