अपडेट 
२०७९ असार १८, शनिबार १५:५६

दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ।

भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा छ । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

Comment


Related News

Latest News

Trending News