अपडेट 
२०७९ असार २१, मंगलवार ०६:२१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई, डिजल/मट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजल/मट्टीतेल १ सय ७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने बक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आईओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ ।


please follow us for more news and information.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News