भारतीय महाबाणिज्य दुतावासले मधेस प्रदेशका विभिन्न संस्थालाई एम्बुलेन्स बितरण गरेको छ ।
मंगलबार दिउसो वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुतावास परिसरमा आयोजित कार्यक्रममा भारतीय महाबाणिज्यदुत नितेश कुमारले दुइटा समाजिक संस्थालाई एम्बुलेस प्रदान गर्नुभएको हो । विशेष गरी समाजिक क्षेत्रमा काम गर्ने विभिन्न गैर नाफामूलक संस्थाहरुलाई उक्त एम्बुलेन्स प्रदान गरिएको भारतीय महाबाणिज्य दुतावासले जनाएको छ ।
नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरुप दुइवता एम्बुलेन्स भारतीय महावाणिज्यदुतावासले वीरगन्ज स्थित ग्रीनसिटि सामुदायीक प्रहरी सेवकेन्द्र र ग्रामिण विकास संस्था,जनकपुरलाई प्रदान गरेको छ । कार्यक्रमका बक्ताहरुले भारत सरकारको शिक्षा र स्वास्थ्य क्षेत्र चलिरहेकोे सहयोगले ठुलो टुवापुग्ने धारणा व्यक्त गरेका थिए ।

