२०७९ असार २२, बुधबार ०७:३२

प्रतिनिधि सभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएकोछ । सरकारको नवनियुक्त वन मन्त्री प्रदीप यादवले जनाए अनुसार मन्त्रिपरिषद्को बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको जनाए । ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ ’ उनले भने, संशोधित विधेयक बुधबार पेश हुन्छ । मन्त्रिपरिषद्को बैठकले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । यादव जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिनुपर्ने अभियानमा लामो समयदेखि लागेका सांसद हुन् ।संयोगवश संघीय सरकारको मन्त्री भएपछि पहिलो दिनकै मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबाट उनी अत्यन्त खुशी भएका छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल साउन २२ गतेमा ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । एमालेको सरकारले दर्ता गरेको विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् । एमालेले दर्ता गरेकै विधेयकमा ७ वर्षे प्रावधानलाई हटाएर सहमतिबाटै नागरिकता विधेयक पारित गर्न सरकारले प्रयास गरिरहेको छ ।नेकपा एमालेले भने विधेयक पारित हुन दिने पक्षमा देखिएको छैन् ।

Comment


Related News

Latest News

Trending News