लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताउनुभयो ।
संसद भवनमा पत्रकारसंग कुरा गर्दै उहाले लामो समयदेखि नागरिकता बिधेयकलाई अल्झाई राखेकाले नयाँ बिधेयक ल्याउनु सकारात्मक भएको बताउनुभयो । दलहरुबीच नागरिकताका बिषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ बिधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उहाको भनाई छ । उहाले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताउनुभयो ।
यसअघि प्रतिनिधि सभामा करिव चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw


