२०७९ असार २३, बिहीबार ११:३९

जनकपुरको पिडारीचोकमा रहेको ८ बिगाहाभन्दा बढी सरकारी जग्गा दिवश विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

अख्तियार आज दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका–३ का दिवश विक्रम शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने विषयमा परेको उजुरीबारे अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएपछि अख्तियारले सोधपुछ गर्न लागेको हो ।

अख्तियारले दिवश विक्रम शाहसहित तत्कालीन मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायण लाल दास, नापी कार्यालय धनुषाका तत्कालीन नापी टोली प्रमुख चौमानसिंह थापा, नापी कार्यालय धनुषाका तत्कालीन निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ ।

विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा लगायतको नाममा पनि ७ दिने सूचना जारी गरिएको छ ।

यसैगरी नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जन कुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई पनि अख्तियारले बोलाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment

Related News

Latest News

Trending News