![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/07/5fad1ce723d43_mahalekha.jpg)
चालु आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहको भुक्तानी आज (शनिबार)सम्म मात्र हुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले शुक्रबार एक सूचना निकाल्दै वार्षिक खाताबन्दीका क्रममा प्रदेशर स्थानीय तहमा सञ्चालित प्रणालीहरु आइतबारदेखि बन्द हुने उल्लेख गरेको छ ।
महालेखाले कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश र स्थानीय तहस्तरका कार्यालयलाई समेत पत्र लेख्दै शनिबारसमेत भुक्तानी गर्न भनेको छ ।
आर्थिक वर्षको अन्तिममा पहिले काम भएर रोकिएका बिलको भुक्तानीको चाप सरकारी कार्यालयहरुलाई अधिक हुन्छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw