अपडेट 
२०७९ असार २७, सोमबार १२:५१

आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो । महासंघले हिजो आइतबार सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबारमा आएको बताएको छ ।

गत साताको शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो । सुनको मूल्य घटे पनि आज चाँदीको भाउ भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ छ । जुन, हिजो आइतबार पनि यही मूल्य कायम थियो ।

Comment


Related News

Latest News

Trending News