अपडेट 
२०७९ असार ३०, बिहीबार ०८:०६

काम सम्पन्न भएको योजनाको भुक्तानी माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरिएको छ ।

बुधबार दिउँसो उपभोक्ता समितिहरुले तालाबन्दी गरेका छन् । उनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ मा काम सम्पन्न गरेका सबै योजनाको भुक्तानी हुनुपर्ने माग गरेका छन् । समयमै काम सम्पन्न गरेको उपभोक्ता समितिहरुको दाबी छ । तर सर्भर डाउन भएका कारण कयौं योजनाको भुक्तानी हुन सकेनन् । यसवर्ष महालेखा परीक्षकको कार्यालयले असार २५ गते राति १२ बजे सम्म मात्रै भुक्तानी गर्न निर्देशन दिएको थियो । सो निर्देशन अनुसार काम सम्पन्न गरे पनि कागजात जुटाउन नसकेका र सर्भर डाउनका कारण कतिपय योजनाको भुक्तानी हुन सकेनन् । सोही भुक्तानीको लागि प्रदेश सरकार पहल गरिरहेका छन् । यद्यपि भुक्तानी हुने सम्भावना न्यून देखिएको छ । प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह काम सम्पन्न भएको योजनाको भुक्तानीको लागि पहल गर्न काठमाण्डौं पुगेको बताइएको छ । त्यअघि अर्थमन्त्रालयले एउटा प्रेस विज्ञप्ति जारी गरेर असार मसान्त सम्म भुक्तानीको व्यवस्था मिलाउन संघ सरकारलाई अनुरोध गरेका थिए । विज्ञप्तिमा सर्भर डाउनका कारण कयौ योजनाको काम सम्पन्न भए पनि भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको थियो । संघ सरकारले निश्चित समय दिएर प्रदेश सरकारमाथि हस्तक्षेप गरेको विज्ञप्तिमा ठहर गरिएको थियो ।

प्रदेशसभा बैठकमा पनि सांसदहरुले धेरै योजनाको भुक्तानी हुन बाँकी रहेको आवाज उठाएका थिए । त्यसपछि मुख्यमन्त्री लाल बाबु राउतले पनि भुक्तानीको लागि सरकार प्रयासरत रहेको बताएका थिए । भुक्तानी गर्नेसमेत उनले सभामा सांसदहरुलाई आश्वासन दिएका थिए । उपभोक्ता समतिहरुले भुक्तानी नभए अर्को चरणको आन्दोलन गर्ने सम्बन्धित निकायलाई चेतावनीसमेत दिएका छन् । उनीहरुले आगामी चरणमा सडक आन्दोलनसहित मुख्यमन्त्री र मन्त्रालयका कार्यालयहरु घेराउ गर्ने कार्यक्रम तय गरेका छन् । ०७५/७६ मा समेत धेरै योजनाको भुक्तानी हुन सकेको थिएनन् । त्यतीबेला पनि उपभोक्ता समितिहरूले आन्दोलन गरेपछि प्रदेशसभाबाट सभामुख सरोजकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । सो समितिले प्रतिवेदन दिएपनि भुक्तानी गर्न सचिवहरुले मानेका थिएनन् । त्यसपछि सरकारले ०७७/७८ को बजेटमा छुट भुक्तानी शिर्षकमा बजेट छुट्याएर भुक्तानी दिइएको थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News