२०७९ असार ३०, बिहीबार ०८:०९

जसपाको कार्यकारी समितिका सदस्य एवम पूर्व मन्त्री रेणु यादव विस्तारित केन्द्रीय समितिको बैठक बहिष्कार गरेकी छन् । मंगलबार नै वीरगञ्ज पुगेपनि नेत्री यादव जनता समाजवादी पार्टीको वीरगञ्जमा मंगलबार सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समिति र बुधबार देखि सुरु भएको विस्तारित केन्द्रीय समितिको बैठकमा सहभागी भएकी छैनन् । हालै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले मन्त्रीबाट फिर्ता बोलाएपछि उनी नेता उपेन्द्र यादवबाट असन्तुष्ट छिन । वीरगञ्जमा आफन्तको घरमा बसेकी नेत्री यादव बैठकमा अनुपस्थित भए पनि आफ्ना नजदिक भएका नेताहरुलाई बोलाएर कोठे मिटिङ्गमा दुबै दिन व्यस्त रहेको एक नेताले बताए ।

निलम्वित सांसद रौनियारको झुटको खेती

ठेक्कापट्टामा अनिमितता गरेको आरोपमा निलम्वित भएका सांसद हरिणायण रौनियारले गरेको घोषणालाई तीन दिन पनि कायम राख्न नसकेको चर्चा बुधबार दिन भरी वीरगञ्ज नगरसभा गृहमा चलेको थियो । राजनीतिकका कारणले आपूmलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दामा फसाएको भन्दै आएका निलम्वित सांसद रौनियारले दुई दिन अगाडि राष्टिय अध्यक्ष उपेन्द्र यादवले आपूmलाई कुनै सहयोग नगरेको भन्दै आपूm कुनै पनि पक्षको बैठकमा सहभागी नहुने घोषणा गरेका रौनियार बुधबार जसपाको केन्द्रीय समितिको बैठकमा मन्चमै पुगेपछि उनी झुठ खेती गर्ने नेता भएको कार्यकर्ताले चर्चा चलेको थियो । दुई दिन अगाडि होटल भिषवामा पत्रकार सम्मेलन गरेर नै निलम्वित सांसद यादव आपूm कुनै पनि बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News