जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ ।
पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नरहेकाे बताउनुभएकाे हाे ।
‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु,’ राजीनामा पत्रमा खुलाउनुभएकाे छ।
यादव पछिल्लो समय पार्टीले गरेको मन्त्री हेरफेरको विषयमा असन्तुष्ट हुनुभएकाे थियाे । नयाँ पठाइएका मन्त्री समावेशी नभएको र एक जना पनि महिला नभएकोमा उहाँले आपत्तिसमेत जनाउनुभएकाे थियाे ।




