अपडेट 
२०७९ असार ३१, शुक्रबार १४:५०

विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व बैंकले प्राथमिकताकासाथ सहायता र ऋण अनुदान रकम परिचालनलाई महत्त्व दिएको विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जार्भोसले बताउनुभएको छ ।

सहरी ग्रामीण पूर्वाधार, मानव पूँजी र वातावरणीय जोखिमलाई कम गर्दै जीविकोपार्जनका क्षेत्रमा ऋण लगानी हुनेछ ।

Comment


Related News

Latest News

Trending News