विद्यापति पुरस्कारबाट पाँच जना स्रष्टा पुरस्कृत भएका छन् ।
शुक्रबार जनकपुरधाममा एक सामरोहबीच मैथिली भाषा, साहित्य कला संस्कृतिमा योगदान दिएका पाँच जना स्रष्टालाई नगद राशिसहित पुरस्कृत गरिएको छ । नेपाल विद्यापति मैथिली भाषा, साहित्य पुरस्कार ०७८ बाट धनुषाका रमेश रञ्जन झा, विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट जनकपुरधामकी निर्मला झा र अशोककुमार दत्त पुरस्कृत भएका छन् । विद्यापति अनुसन्धान पुरस्कारबाट सप्तरीका सूर्यप्रसाद यादव र पाण्डुलिप पुरस्कारबाट सिरहाका अर्जुन प्रसाद गुप्ता पुरस्कृत भएका छन् ।साहित्यकार रमेश रञ्जन झाले उपन्यास, लोककथा, निवन्ध, अनुसन्धान, नाटक, कविता, अनुवाद र सम्पादन गरी मैथिली क्षेत्रमा दिइएको योगदान स्वरुप पुरस्कृत गरेको आयोजक संस्थाले जनाएको छ । यस्तै, निमर्ला झा दुई दशकदेखि मैथिली कला–संस्कृति क्षेत्रमा कलाकृतिदेखि डिजाइन विकासमा योगदान दिए वापत र अशोक दत्तलाई मैथिली भाषामा गीत, कविता, गजल, तथा सम्पादनमा योगदान दिएको हुनाले पुरस्कृत गरिएको हो । सप्तरीका सुर्यप्रसाद यादव अनुसन्धान क्षेत्रमा योगदान दिएका वापत र अर्जुनप्रसाद गुप्ता मैथिली लोक गीत र ‘दरद’ नामक गीत संग्रहको पाण्डुलिपि वापत पाण्डुलिपिबाट पुरस्कृत भएका छन् । उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र मधेश प्रदेश सरकारका उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले चेक तथा पुरस्कार हस्तान्तरण गरेका थिए । रमेश रञ्जन झालाई नगद दुई लाख र कला संस्कृतिका स्रष्टालाई जनही ५०/५० हजार र पाण्डुलिपि र अनुसन्धानका स्रष्ठालाई जनही १.१ लाखबाट पुरस्कृत गरिएको छ ।

